Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले पायाे ॠणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १५ : ०२ मा प्रकाशित

एनएमबि बैंकले पायाे ॠणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति

एनएमबि बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने अनुमति पाएकाे छ । बैंकले ॠणपत्र निष्कासन गर्ने प्रयाेजनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ । 

बैंकले “एनएमबि डिबेञ्चर २०८९/९०” काे नाममा वार्षिक १०.७५ प्रतिशत व्याजदर भएकाे १० वर्ष अवधिकाे लागि प्रतिकित्ता १००० मूल्य अंकित दरकाे ४ अर्ब रूपैयाँ बराबरकाे ४० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न सेबाेनबाट फागुन १८ गते, बिहीबार अनुमति पाएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । 

बैंकले ॠणपत्र निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको