Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १६ : १६ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। आज (आइतबार) बसेको प्रदेशसभाको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको हो।

कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीले विश्वासको मत दिएका हुन्। प्रदेश सभामा उपस्थित ५२ जना प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री शाहको पक्षमा ४१ मत खस्दा विपक्षमा ११ मत खसेको हो।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सांसद् रहेका छन् भने १ जना स्वतन्त्र सांसद् रहेका छन्। यस्तै, एमालेका १० र राप्रपाका १ जना सांसद् रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको