Like us!
Follow us!
Connect us!
Watch us!

सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता समेतलाई लिएर सुदुरपश्चिमका सिंगो मन्त्रिपरिषद् सिंहदरबारमा

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १३ : १४ मा प्रकाशित

सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता समेतलाई लिएर सुदुरपश्चिमका सिंगो मन्त्रिपरिषद् सिंहदरबारमा

सुदुरपश्चिममा मूख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेको छ । सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मूख्यमन्त्री साथै कृषि बाहेकका सबै मन्त्रीहरुसहित मूख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठलाई भेटेका हुन् ।

भेटमा मूख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदुरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन् । अथाह सम्भावनाहरु भएर पनि सुदरपश्चि पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए ।

भेटमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेटमा माग्न सिंहदरबार धाउनु पर्ने बाध्यता अब हटेको बताएका थिए । कुनै बेला काठमाडौं आउनका लागि भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेका सुदुरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदरपश्चिम काठमाडौंको धेरै टाढा नरहेको सुनाए । सुदुरपश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रै समेटेको भन्दै बजेटले पनि राम्रै स्थान दिनेमा ढुक्क रहन उनले सुझाव दिए ।

‘सिंहदरबारबाट सुदुरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै संघीयता आएको हो’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नु परो, सुदर र कर्णालीका योजना सुदुर कर्णालीले नै बनाउने हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको