अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले गत फागुन १८ गते बोर्डमा निवेदन दिँदै हकप्रद सेयर जारी गर्न अनुमति माग गरेको हो ।
बोर्डले अनुमति दिएमा कम्पनीले १ः१ अनुपातमा अर्थात् चुक्तापुँजीको १०० % हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री गर्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस