Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटल छैटौँ वर्ष पूरा गरि सातौँमा प्रवेश

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १२ : ३० मा प्रकाशित

एनआईसी एशिया क्यापिटल छैटौँ वर्ष पूरा गरि सातौँमा प्रवेश

एनआईसी एशिया क्यापिटल लिमिटेड मिति २०७९ साल फागुन २२ गते सञ्चालनमा आएको ६ वर्ष पूरा गरेको छ। 

क्यापिटलले आफ्नो छैटौँ वर्ष पूरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोवार गर्ने खाताधारक, सामूहिक लगानी योजनामा लगानी गरेका इकाइधनी, सेयर रजिस्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरुलगायत सम्पूर्ण सरोकारवालाहरु सबैलाई आभार व्यक्त गरेको छ।

लगानी व्यवस्थापन सेवाअन्तर्गत

लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटीको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको छैटौँ वार्षिकोत्सवका अवसरमा वार्षिक लगानी व्यवस्थापन शूल्क मात्र रु.६ लिई एक वर्षका लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। उक्त अफर योजना मिति २०७९ साल चैत मसान्तसम्म सञ्चालन हुनेछ। 

एनआईसी एशिया म्युचुअल फन्ड सेवाअन्तर्गत 

एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फन्ड’को सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) मा मिति २०७९ फागुन २२ देखि मिति २०७९ चैत मसान्तसम्म सहभागी हुने इकाइधनीमध्ये ६ जना इकाइधनीले रु. ५०० बराबरको क्यापिटलका तर्फबाट एसआईपी रजिस्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाइधनीलाई एसआईपी बुस्टरको सुविधा उपलब्ध गराइनेछ।

संस्थागत परामर्शअन्तर्गत

एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत ‘आइडिया टु आईपीओ’ सेवा सञ्चालन गरिरहेको छ। जसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडियासनदेखि कम्पनी स्थापना, स्केल अपः एक्पान्सन, ग्रोथ, फ्युचर एक्सपान्सनहुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। 

क्यापिटलको छैटौँ वार्षिकोत्सवका अवसरमा क्यापिटलबाट उपलब्ध गराउने संस्थागत परामर्श सेवा शुल्कमा ६ वटा व्यक्ति तथा संस्थालाई सेवा शुल्कमा ५० प्रतिशत छुट योजना सार्वजनिक गरेको छ। हाल क्यापिटलले संस्थागत परामर्शअन्तर्गतको सेवा जुनसुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीहरुलाई समेत उपलब्ध गराउँदै आइरहेको छ। 

निक्षेप सदस्य सेवाअन्तर्गत 

हाल क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानअन्तर्गत ग्राहकलाई विभिन्न छुटसहित सहज, सरल र उच्च कोटीको ग्राहकमुखी सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ विशेष छुट सहित विभिन्न योजनाहरु सञ्चालन गरिरहेको छ। यस क्यापिटलको छैटौँ वार्षिकोत्सवका अवसरमा क्यापिटलले एनआईसी एशिया डिम्याट सेवाअन्तर्गत मिति २०७९ फाल्गुन २२ देखि मिति २०७९ चैत मसान्तसम्म सहभागि हुने ग्राहकहरुलाई निम्न अफर योजना सञ्चालन गरेको छ।  

एनआईसी एशिया ‘९९९ लाइफटाइम डिम्याट योजना’ मा सहभागी खातावालाहरुमध्ये ६ जनालाई उक्त रु.९९९ क्यास ब्याक गरिदिने।
एनआईसी एशिया ‘१००० लाइफटाइम मेरो सेयर योजना’मा सहभागी मेरो सेयर प्रयोगकर्ताहरुमध्ये ६ जनालाई उक्त रु. १ हजार क्यास ब्याक गरिदिने।

साथै बीओ टु बीओमार्फत एनआईसी एशिया क्यापिटलमा डिम्याट खाता ट्रान्सफर गर्दा निःशुल्क गरिदिने व्यवस्थासमेत मिलाइएको छ। 
सेयर रजिस्ट्रार सेवाअन्तर्गत

हाल क्यापिटलले प्राइभेट कम्पनीहरुलाई समेत सेयर रजिस्ट्रारसम्बन्धी सेवा उपलब्ध गराइरहेको छ। छैटौँ वार्षिकोत्सवका अवसरमा क्यापिटलले मिति २०७९ चैत मसान्तभित्र सहभागी हुने कम्पनीहरुमध्ये एउटा कम्पनीलाई मात्र रु. ६ मा सेयर रजिस्ट्रारसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। 

निष्कासन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत

क्यापिटलको छैटौँ वार्षिकात्सवका अवसरमा मिति २०७९ चैत मसान्तभित्र आईपीओ तथा हकप्रद सेयर निष्काशनसम्बन्धी सेवा लिन चाहने कम्पनीहरुमध्ये ६ वटा कम्पनीहरुलाई निष्कासन तथा बिक्री प्रबन्ध सेवा शुल्कमा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको