Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १२ : ५८ मा प्रकाशित

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

एनआईसी एशिया बैङ्क र एनआईसी एशिया क्यापिटलमा अब निःशुल्क डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था गरेको छ । २०८१ साल, जेठ १ गतेदेखि २०८१ साल आषाढ मसान्तसम्म निःशुल्क रुपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको हो । 

‘एक नेपाली, एक डिम्याट खाता’ अभियानमार्फत देशको दुरदराजमा बसोबास गर्ने नेपालीहरूमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मूख्य उद्देश्यले एनआईसी एशिया बैङ्क र एनआईसी एशिया क्यापिटलले उक्त योजना ल्याएको हो । एनआईसी एशिया क्यापिटल, क्यापिटलको शाखा कार्यालयहरू, एनआईसी एशिया अनलाइन डिम्याट सेवा र एन आई सी एशिया बैङ्कको सम्पूर्ण शाखा कार्यालयहरूमा यो सेवा उपलब्ध रहेको छ । 

एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी एनआईसी एशिया बैङ्कको सम्पूर्ण शाखा कार्यालयहरूबाट निक्षेप सदस्य अन्तर्गतका सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

एन आई सी एशिया क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरुलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा “लाईनमा होईन अनलाइन” मा भन्ने नारा सहित सेवाहरु अनलाईन मार्फत लिन मिल्ने व्यवस्था मिलाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको