Like us!
Follow us!
Connect us!
Watch us!

सातामै १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

पत्रपत्रिका

बुधबार, २४ फागुन २०७९, ०६ : ३८ मा प्रकाशित

सातामै १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

 पछिल्लो १ सातामा मौसमी तरकारीको मूल्य १ सय ३५ प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिउँदे तरकारीको सिजन सकिने बेला भएकाले काउली, गोलभेडा, गाँजर, बकुला, भन्टालगायत मौसमी तरकारीको मूल्य बढेको हो ।

अघिल्लो साता १७ रुपैयाँ किलो औसत थोक मूल्य रहेको स्थानीय काउलीको भाउ मंगलवार किलोको ४० रुपैयाँ पुगेको छ । यो १ सय ३५ प्रतिशतको वृद्धि हो । १७ रुपैयाँ किलोको तराई गाँजरको मूल्य ३५ प्रतिशतले बढेको देखिन्छ । लोकल गोलभेडाको मूल्य २९ प्रतिशतले बढेको छ । त्यसैगरी बकुला ४६, ब्रोकाउली ६०, बरेला ८८ र रातो मुला ६८ प्रतिशतले महँगिएको छ ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले हिउँदे तरकारीको सिजन सकिन लागेकाले मूल्य बढेको हुनसक्ने बताए । ‘यसलाई अचाक्ली मूल्य बढेको मान्न मिल्दैन तर सामान्य अवस्थाको भन्दा त बढेकै हो,’ उनले आर्थिक अभियानसँग भने, ‘एकातर्फ हिउँदे तरकारीको सिजन सकिन लाग्यो अर्कातर्फ किसानले गर्मी मौसमका लागि रोपेको तरकारीले उत्पादन दिन शुरू भइसकेको छैन । यसैले गर्दा मूल्य बढेको हुनुपर्छ ।’

अहिले भोजभतेरको सिजन पनि भएकाले काउली, बन्दा, गाँजर, मुलालगायत तरकारीको माग बढी छ, जसको प्रभाव मूल्यमा परेको हुन सक्ने प्रवक्ता श्रेष्ठको अनुमान छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको