Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति उम्मेदवार पौडेलको वचन- म शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम हुने छैन

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, ११ : ४० मा प्रकाशित

राष्ट्रपति उम्मेदवार पौडेलको वचन- म शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम हुने छैन

राष्ट्रपतिका लागि नयाँ बानेश्वरमा निर्वाचन जारी रहँदा राष्ट्रपति उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएमा शितल निवासबाट बाहिर निस्कँदा सडकमा जाम नहुने वचन दिएका छन् । राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसर पुगेका पौडेलले आज (बिहिबार) सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त वचन दिएका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नता तपाईंहरूले देख्नुहुनेछ । शितल निवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन ।’ पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको