Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घटाउने निर्णयसँगै सेयर बजारमा उछाल

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १५ : १० मा प्रकाशित

ब्याजदर घटाउने निर्णयसँगै सेयर बजारमा उछाल

नेपाल बैंकर्स संघले आज ब्याजदर घटाउने निर्णय गरेको छ । संघको आज बसेको बैठकले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको हो।

संघको आज बसेको बैठकले बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । यसअघि बचतको न्युनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत रहेकाे थियो। त्यसैगरी, उक्त बैठकले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । यसअघि ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरिएकाे थियाे ।

सोहिअनुरुप आज (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको बुझिएको छ । आज नेप्से ५०.०४ अंकले बढेर २ हजार २ दशमलव ७० विन्दुमा बन्द भएको हो । 

मंगलबार भने नेप्से सामान्य अंकले बढेको थियो । सोदिन नेप्से १२.८२ अंकले बढेर १ हजार ९ सय ५१ दशमलव ०७ विन्दुमा बन्द भएको थियो । आज नेप्सेमा एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार बराबरको कारोबार भएको हो । 

आज कारोबार भएका कम्पनीमध्ये २१३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको