Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको मूल्य समायोजन

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १६ : ०१ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप ४ कम्पनीको मुल्य समायोजन भएको छ। 

स्टकको अनुसार साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८८८.१० रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १११९ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, सल्ट ट्रडिङ कर्पोरेशनको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३९४०.९१ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४३३५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको ८.५३४ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३११.४२ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ३३८ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । 

त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२८५७ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७५२.५० रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ८६० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको