Like us!
Follow us!
Connect us!
Watch us!

सत्ता गठबन्धनलाई उपराष्ट्रपतिको उम्मेदवार चयनमा सकस, एमालेबाट अष्ट्रलक्ष्मी शाक्य सर्वसम्मत

अर्थ संसार

शनिबार, २७ फागुन २०७९, १३ : ०१ मा प्रकाशित

सत्ता गठबन्धनलाई उपराष्ट्रपतिको उम्मेदवार चयनमा सकस, एमालेबाट अष्ट्रलक्ष्मी शाक्य सर्वसम्मत

नेपाली कांग्रेससहितको नौ दलीय गठबन्धनलाई उपराष्ट्रपतिको उम्मेदवार चयनमा सकस भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नौ दलीय गठबन्धनको बैठकले सर्वसम्मतिबाट उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन नसकेको हो ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी र जनमत पार्टी दुवैले आफ्नो दाबी नछाड्दा गठबन्धनका दलबीच सकसको अवस्था आएको हो । उपराष्ट्रपतिमा जसपाले रामसहाय यादवलाई वा प्रमिला यादव मध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने जनमतले ममता झालाई उम्मेदवार बनाउँदै छ । 

नेपालको निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग र फरक समुदाय हुनुपर्ने संवैधानिक प्रावधान उल्लेख गर्दै शुक्रवार नै विज्ञप्तिमार्फत् प्रष्ट पारिसकेको छ । यसपछि उपराष्ट्रपति पाउने तय भएको जसपाले पुरुष र महिला दुवैलाई अगाडि सार्न लागेको छ । रामसहाय यादवको उम्मेदवारी दर्ता अस्वीकृत भएमा प्रमिला यादवको टुंगो लाग्ने बुझिएको छ । तर, ममता झाको विषयमा के हुने हो चासो बनेको छ । 

त्यसैगरी नेकपा (एमाले) ले अष्ट्रलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको