Like us!
Follow us!
Connect us!
Watch us!

उपराष्ट्रपति पदका लागि आज मतदान हुँदै, तीन उम्मेदवार मध्ये कसले मार्ला बाजी ?

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, ०८ : २४ मा प्रकाशित

उपराष्ट्रपति पदका लागि आज मतदान हुँदै, तीन उम्मेदवार मध्ये कसले मार्ला बाजी ?

उपराष्ट्रपति पदका लागि आज शुक्रबार मतदान हुँदैछ । मुलुकमा उपराष्ट्रपतिका लागि निर्वाचन हुन लागेको यो चौथोपटक हो । निर्वाचन बानेश्वरस्थित संघीय संसद् परिसरमा हुनेछ ।

निर्वाचन आयोगकाअनुसार अहिले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रिय सभाका ३ सय ३१ र सातवटै प्रदेशसभा ५ सय ५० गरी ८ सय ८१ जना कुल मतदाता रहेका छन् ।

उपराष्ट्रपतिका लागि पहिलो निर्वाचन २०६७ श्रावण, २०७२ कार्तिक र २०७४ फाल्गुनमा भएको थियो । नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झा, दोस्रो र तेस्रो उपराष्ट्रपतिको कार्यकाल नन्दकिशोर पुन ‘पासाङ’ ले सम्हालेका थिए । उपराष्ट्रपति नन्दकिशोर पुनको पाँच वर्षको पदावधि भोलि शनिबार सकिने भएकाले नयाँ उपराष्ट्रपति पदको लागि निर्वाचन हुन लागेको हो ।

उपराष्ट्रपति पदका लागि मूलतः तीन जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (बोहरा), र जनमत पार्टीका ममता झा रहेका छन् । त्यस्तै जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले उम्मेदवारी फिर्ता लिएको स्वः घोषणा गरिसकेकी छिन् । तर, औपचारिक रुपमा उनको उम्मेदवारी कायमै छ । उनले आफ्नै पार्टी नेतालाई समर्थन गर्ने जनाइसकेकी छिन् ।

संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैंचातर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । गठबन्धनका साझा उम्मेदवार रामसहायप्रसाद यादवले बाजी मार्न सक्ने छन्।  

उपराष्ट्रपति पदका लागि उम्मेदवार यादवकै पक्षमा मतभार बलियो देखिन्छ। गठबन्धनबाट नै अर्को उम्मेदवार खडा भएकी छिन् यसले गठबन्धनमा केहि मत बिभाजन हुन सक्ने छ। विपक्षबाट भने एमालेकी नेता अष्टलक्ष्मी शाक्यलाई आफ्नो पार्टीबाहेक अरु कसैको समर्थन छैन। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको