नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे रिपाेर्ट हेर्दा आयात र निर्यात दुवै घटेकाे छ ।
नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि माघ मसान्तसम्म आयात १९.९ प्रतिशतले घट्दा निर्यात पनि २९ प्रतिशतले घटेकाे हाे ।
त्यस्तै, पछिल्लाे ७ महिनामा कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ । राष्ट्र बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस