Like us!
Follow us!
Connect us!
Watch us!

काकाको उपस्थितिमा भलबारी जेसीजको पूंजी बजार विषयक अन्तरक्रिया बुटबलमा सम्पन्न

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १० : ५८ मा प्रकाशित

काकाको उपस्थितिमा भलबारी जेसीजको पूंजी बजार विषयक अन्तरक्रिया बुटबलमा सम्पन्न

भलबारी जेसीजको आयोजना स्मार्ट इन्भेस्टर ग्रुप बुटवल र नेपाल पूंजी बजार लगानीकर्ता संघको सहयोगमा आइतबार पूंजी बजारमा काका उपनाममा चिनिने केशब कोइरालाको उपस्थितिमा आर्थिक र राजनीतिक वाताबरणको पूंजी बजारमा प्रभाव बिषयमा अन्तरक्रिया सम्पन्न  भएको छ । बुटवल क्षेत्रका सक्रिय  सेयर लगानीकर्ताको उपस्थिति रहेको कार्यक्रममा पुजिबजारका समसामयीक बिषयमा छलफल भएको थियोे । 

भलवारी जेसिजका अध्यक्ष जेसि माधब पाण्डेयको अध्यक्षतामा कार्यक्रम संचालन जेसि मीन तिवारीले गर्नु भएको थियो । कार्यक्रमको संयोजन जेसि जीवन भट्टराईले गर्नु भएको थियो । स्मार्त इन्भेस्टर बुटवलका संयोजक इन्जिनियर छबिन्द्र भट्टराईले कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम गर्नु पर्ने धारणा राख्नु भयो । बुटवलका सक्रिय सेयर लगानीकर्ता यमलाल भट्टराईले राज्यका आर्थिक र राजनीति बाताबरणले पूंजीबजारमा प्रत्यक्ष प्रभाव पार्ने हुदा सोही अनुसार लगानीकर्ताले लगानी गर्नुपर्ने धारणा राख्नु भयो  । आर्यतारा ब्रोकर ५७ बुटवल प्रमुख टेक राज भट्टराईले बजार बारेमा लगानीकर्ताका सचेत रहनुपर्ने र अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने बिचार ब्यक्त गर्नुहुदै यस क्षेत्रका लगानीकर्ता लाई आफ्नो तर्फबाट दिनुपर्ने सुबिधामा कमि नहुने जानकारी गराउनु भएको थियो । 

भलवारी जेसिजले नेतृत्व बिकास, ब्यावसायिक बिकास, सामाजिक उत्तरदायित्व र अन्तरास्ट्रिय अवसरका क्षेत्रमा कार्य गर्दै आएको छ । बर्तमान अवस्थामा युवाहरुको पुजि बजारमा उपस्थिति बलियो रहेको हुँदा सुरक्षीत लगानीका लागी सचेत गराउन  यस कार्यक्रमको आयोजना गरिएको भलवारी जेसिज अध्यक्ष माधब पाण्डेयले जानकारी गराउदै आगामी दिनमा यस प्रकारका कार्यक्रम आयोजना गरिने जानकारी गराउनु भयो । 

640eb23f0ad6c.jpg 640eb24249e61.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको