Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी रकम नतिर्नेको तीनपुस्तेसहितको विवरण महालेखाद्वारा सार्वजनिक

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १२ : ४९ मा प्रकाशित

सरकारी रकम नतिर्नेको तीनपुस्तेसहितको विवरण महालेखाद्वारा सार्वजनिक

महालेखा नियन्त्रकको कार्यालयले सरकारी रकम नतिर्नेहरुको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ । आज (सोमबार) कार्यालयले एक सूचना प्रकाशित गर्दै सरकारी रकम नतिर्ने ६३ वटा फर्म सञ्चालकहरुको तिनपुस्ते विवरण सहित उनीहरुले तिर्नु पर्ने रकम सार्वजनिक गरेको हो ।  

कार्यालयले आजको मितिदेखि ३५ दिनभित्र सरकारी बाँकी रकम ब्याजसहित तिर्न भनेको छ । जसमा ठेकेदारदेखि कुखुरा पालकसम्म रहेका छन् । त्यस अलवा सरकारी कर्मचारी, प्रहरी र ठूला व्यापारीहरु समेत रहेका छन् । सूचनामा उल्लेख भए अनुसार क्यासिनो सञ्चालक राकेश बाधवा, सालिनी बाधवा, रिचर्ड डोयल टटलहरुले ९० करोड भन्दा बढी तिर्नु पर्ने देखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको