राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा नजाने भएको छ । आज (सोमबार) चितवनमा पत्रकारसँग कुरा गर्दै दलका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको स्पष्ट पारेका हुन् ।
सभापति लामिछानेले अहिलेको परिस्थितिको मूल्यांकन गरिरहेको बताए । पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन। परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ।’ यद्धपी लामिछानेले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए ।
उनले बैशाख २ गते हुने चितवन–२ को उपनिर्वाचनको लागि आफूले तयारी थालिसकेको पनि बताए । रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । रास्वपाले राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस