Like us!
Follow us!
Connect us!
Watch us!

सि.बि.आई.एल. क्यापिटलको नाम परिवर्तन, सिटिजन्स् क्यापिटल कायम

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १४ : ५३ मा प्रकाशित

सि.बि.आई.एल. क्यापिटलको नाम परिवर्तन, सिटिजन्स् क्यापिटल कायम

कम्पनीको चौथौ विशेष साधारण सभाको पारित निर्णयअनुसार सि.बि.आई.एल. क्यापिटल लिमिटेडले प्रचलित नियमहरुको पालना गर्दै आफ्नो नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड कायम गरेको छ । नयाँ नामसंगै नयाँ ढंगले ग्राहक वर्गमा विषेश योजनाहरु सहित प्रस्तुतहुन लागेको यस संस्थाको नाम परिवर्तनले संस्थाको ब्रान्डिङलाई थप सशक्त बनाउने सिटिजन्स् क्यापिटलको विश्वास रहेको सो संस्थाले जनाएको हो ।

सिटिजन्स् क्यापिटलका नयाँ योजनाहरुमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुलाई आइपीओ भरिदिने विशेष पिएमएस सेवा, डाक्टर पेशामा आवद्ध तथा अन्य पेशा-क्षेत्रबाट सेवा निवृत व्यक्तित्वहरुलाई लक्षित गरी विभिन्न योजना साथै लगानी व्यवस्थापन (पीएमएस) सेवामा निश्चित प्रतिफल दिने योजनाहरु संस्थाको फेसबुक पेज मार्फत सार्वजानिक गरिएको छ । साथै नाम परिवर्तनको उपलक्षमा सो सेवा लिन चाहने पहिलो ५० ग्राहकहरुलाई वार्षिक संचालन शुल्कमा पचास प्रतिशत छुटको पनि व्यवस्था गरेको छ । 

क्यापिटलले विगत ७ वर्ष देखि सामूहिक लगानी कोष (Mutual Fund), धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेसन, धितोपत्र प्रत्याभूतिका साथै परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ । हाल कम्पनीले दुई अर्बभन्दा बढीको लागानी व्यवस्थापन तथा सिटिजन्स् बैंक लगायका अन्य कम्पनीहरुलाई सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउदै आईरहेको छ । कम्पनीका संचालक तथा संस्थापकहरु विभिन्न बैंक वित्तीय संस्था तथा विभिन्न संस्थामा आवद्ध अनुभवी व्यक्तित्वहरु रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ कार्यरत छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको