Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा मिडल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, ०६ : ५६ मा प्रकाशित

सानिमा मिडल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीको जारी पूँजी तीन अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत अर्थात ३३ लाख ३२ हजार ५०० किता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुलाई बाँडफाँड गरिएको र १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैया बराबरको १०० रूपैयाँ अंकित दरको ४९ लाख ९८ हजार ७५० किता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार ८०५ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३० कित्ता सेयर सामूहिक नगानी कोषहरुको लागि बाँडफाँड गरी बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन  गरेको हो ।

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

सीडीएसका अनुसार सोमबार ५ बजेसम्ममा १० लाख ६७ हजार ३ सय ३० जना लगानीकर्ताले १ करोड २५ लाख ४ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि माग गरिएको भन्दा २।९४ गुणा बढी आवेदन हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको