Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल सहभागिता फण्डको डिपी चार्ज घट्यो

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, ११ : ३६ मा प्रकाशित

एनआइबिएल सहभागिता फण्डको डिपी चार्ज घट्यो

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड) को कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित ‘एनआईबिएल सहभागिता फण्ड’ को इकाइ कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क परिवर्तन गरिएको छ । आज कम्पनीले एक सूचना प्रकाशन गर्दै उक्त विषयको जानकारी दिएको हो ।

‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनाले हालसम्म लगानीकर्ताहरू तथा इकाईधनीहरूबाट प्रत्येक कारोबार बापत निक्षेप सदस्य शुल्क रु २५ लाग्ने व्यवस्था भइरहेकोमा सो शुल्क परिमार्जन गरी यहि भोली बुधबारदेखि लागु हुने गरी प्रति कारोबार निक्षेप सदस्य शुल्क रु ५ लाग्ने व्यवस्था गरिएको हो ।

साथै. योजनासँग सम्बन्धित अन्य विस्तृत जानकारीका लागि योजना व्यवस्थापकको शाखा कार्यलयहरू तथा तोकिएको वितरकहरूमा सम्पर्क गर्न कम्पनीले अनुराध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको