Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ताले गुमाए एक वर्षमा ९ खर्ब

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, १२ : ०७ मा प्रकाशित

सेयर लगानीकर्ताले गुमाए एक वर्षमा ९ खर्ब

सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् ।

पछिल्लो महिनाहरुमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैँया रहेको छ ।

२०७८ माघ मसान्तमा ३९ खर्ब ५९ अर्ब ६५ करोड रुपैयाँ रहेको बजार पुँजीकरण सेयर बजारमा आएको निरन्तर गिरावटसँगै घटेको हो । २०७८ माघको तुलनामा चालु आवको माघ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ८ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँ घटेको छ । आजको कारोबार दैनिकबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको