अर्थ संसार, काठमाडौं– अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको आज २० औँ साधारणसभा हुँदैछ।
नेपाल स्टाफ कलेज जावलाखेलमा हुने साधारणसभाले कम्पनीको सञ्चालक समितिले चयन समेत गर्नेछ ।
जलविद्युत विकासका क्रममा विगत २० वर्षदेखि अनवरत रुपमा कार्यरत अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको साधारणसभाले आफ्ना लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र ० दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गर्नेछ ।
चुुक्ता पूूँजि रु. ८४.८२ करोड रहेको नेपालका सुुचिकृत जलविद्युत कम्पनीमध्ये सबै भन्दा धेरै सेयर सुुचिकृत यस कम्पनीको ८४,८१,९३० कित्ता सेयर धितोपत्र बजारमा कारोवार भैरहेको छ ।
३२ साउन २०७४ को कारोबार पश्चात् कम्पनीको सेयरको अन्तिम मुुल्य रु.२६५ रुपैयाँ कायम भएको छ ।
कम्पनीमा रहेको नगद र जगेडाकोष रकमबाट कम्पनीले काबेलीबी.१ क्यासकेड जलविद्युत आयोजना ९.९४ मेगावाट निर्माणमा लगानी गर्ने छ ।
काबेलीबी-१ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि चाहिने स्वलगानी कम्पनीले FPO ( Further Public Offering) विधिबाट थप पूूँजि परिचालन गर्ने धेयले काम भैरहेको अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनीका प्रवन्ध सञ्चालक रमेशप्रसाद न्यौपानेले बताउनुभयो ।
कम्पनीका प्रवन्ध सञ्चालक न्यौपानेका अनुसार कम्पनीले नयाँ आयोजना विकास गर्ने क्रममा ताप्लेजुुङ्ग जिल्लाको श्रीजङ्गा, सिदीङ्वा र याङवरक गाउँपालीकाहरु विच भई बहेको काबेली नदीमा ९.६ मेगावाटक्षमताको जलविद्युत आयोजनाको सर्वेक्षण अनुुमतीपत्र प्राप्त गरि संभाव्यता अध्ययनको कार्य गरिरहेको छ ।
त्यसै गरी कम्म्पनीले सगरमाथा अञ्चल सोलुुखुुम्बुु जिल्ला महाकुुलुुङ्ग गाउँपालीकामा बहने बुुदुुङ्गखोलामा ११.८ मेगावाट क्षमताको नयाँ आयोजना पहिचान गरि संभाब्यता अध्ययन कार्य गरिरहेको छ ।
अरुणभ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनीलिमिटेड समेतको लगानीमा निर्माण भईरहेको काबेलीबी-१ जलविद्युत आयोजना आ.व. २०७४/७५ भित्र निर्माण सम्पन्नभई विद्युत उत्पादनबाट आयआर्जन हुुन थालेपछि अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनीलिमिटेडको आम्दानीमा ठुुलो बढोत्तरी हुुनेछ जसबाट शेयरधनी महानुुभवहरुले उच्च दरको लाभाशं प्राप्तगर्न सक्नुुहुुनेछ ।
तसर्थ दिर्घकालीनरुपमा शेयर लगानीगर्न चाहनुुहुुने महानुुभवहरुका लागि यो अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड कम्पनीको सेयर लगानीको एक आकर्षक कम्पनी हो ।
जलविद्युतका क्षेत्रमा विगत २ दशकदेखि अनवरत कार्यरत यस कम्पनीले गरेको कामहरु तथा भावी कार्यक्रमहरुका बारेमा एक बृहत छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।
कम्पनीले २०औं वार्षिक साधारणसभाबाट ५ सदस्य रहेको एक सञ्चालक समितिको निर्वाचन गर्ने समेत साधारण सभाको एजेण्डा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस