विराटनगरका यसोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२औं वैवाहिक वर्ष गाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको छ ।
वैवाहिक बर्ष गाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यसोधा पोखरेल भट्टराईलाई रु. ३० लाख बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन् ।
जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो । श्रीमती यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस