Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, मर्जरसम्बन्धी प्रस्ताव पारित

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १५ : ३८ मा प्रकाशित

महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, मर्जरसम्बन्धी प्रस्ताव पारित

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज (शुक्रबार) होटल अकामा, धुम्बाराही, काठमाडौँमा सम्पन्न भएको हो । 

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको बर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराएका थिए । 

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

सभाले अध्यक्ष द्धारा प्रस्तुत बार्षिक प्रतिवेदन सहित आ.व. २०७७–७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पारित गरेको छ । 

साधारण सभामा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने–गाभिने, गाभे पछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” कायम हुनेछ । 

दुबै कम्पनीको सेयर अनुपात १ः१ कायम गरी गाभ्ने–गाभिने, दुबै कम्पनी एक आपसमा गाभ्दा–गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायीत्वको मुल्याङ्कन गर्न नियुक्त लेखा परिक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । 

कार्यक्रमको अन्त्यमा संञ्चालक उमेशलाल श्रेष्ठले सहभागि सबैलाई धन्यवाद ज्ञापन गरेपछि साधारण सभा सम्पन्न भएको थियो । 

कम्पनी सचिव कमल पन्थीले सञ्चालन गरेको कार्यक्रममा बीमा प्राधिकरणको निर्देशन अनुसार आषाढ मसान्त भित्र दुबै कम्पनी मर्ज भई एकिकृत कारोबार सम्पन्न हुने जानकारी गराइएको अवगत गराउन चाहन्छु ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको