Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाइफले प्रिमियममा आइपिओ निष्काशन गर्ने

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १४ : ४५ मा प्रकाशित

महालक्ष्मी लाइफले प्रिमियममा आइपिओ निष्काशन गर्ने

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ९० लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको हो । प्रभु लाइफसँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको महालक्ष्मी लाइफले सहमतिमै प्रिमियममा आइपिओ निष्काशन गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी झन्डै सवा २ अर्ब रुपैयाँ रहेको छ । यहि पूँजीका आधारमा सर्वसाधाण तर्फ ३०% कायम हुने गरी ९० करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने भएको हो । 

कम्पनीले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदनअनुसार प्रति सेयर १०७.६८ रुपैयाँ रहेको छ । यो आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार हो । 

यसपछिको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लेखापरीक्षण गर्न बाँकी रहेको कारण प्रति सेयर अझ बढ्नेछ । सो आधारमा कम्पनीले एक सय रुपैयाँ भन्दा बढि प्रिमियममा आइपिओ निष्काशन गर्ने बुझिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको