Like us!
Follow us!
Connect us!
Watch us!

रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

अर्थ संसार

शनिबार, ०४ चैत्र २०७९, १५ : ४३ मा प्रकाशित

रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पुर्याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हुँदै गएको छ ।

यसै सन्दर्भमा भक्तपुर निवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड भक्तपुर शाखाबाट १५ लाखको जीवन किरण बीमा पोलिसि उपहार स्वरुप प्रदान गरेका हुन् । जीवन किरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिक आय सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ । 

प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर एवम् एमआरडीटी सदस्य बबिब दुवालले जन्मोत्सवका बीच बीमा पोलिसि हस्तान्तरण गरेको शाखा प्रमुख निना श्रेष्ठले बताए । जीवन बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसि लिएकोमा दुवाल परिवारलाई वागमति प्रदेश प्रमुख मदन विष्टले बधाई एवम धन्यवाद दिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको