नेपाली कांग्रेसले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायलाई उपराष्ट्रपतिमा समर्थन गरी मत दिने निर्णय गरेको हो ।
‘नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको यही ७९ चैत्र ३ गते हुने निर्वाचनमा गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने र संघीय सभाका सदस्य एवं प्रदेश सभाका सदस्यहरुलाई रामसहाय प्रसाद यादवको पक्षमा मतदान गर्न निर्देशन गर्ने,’– कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयमा भनिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस