Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रो पावरको २० औं साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश दिने घोषणा

शुक्रबार, ३० भदौ २०७४, १५ : १० मा प्रकाशित

अरुण भ्याली हाइड्रो पावरको २० औं साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश दिने घोषणा

अर्थ संसार, काठमाडौँ– अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २० ओं साधारणसभा आज यहाँ भव्यताका साथ सम्पन्न भएको छ ।

नेपालको पहिलो  निजी क्षेत्रको जलविद्युत् कम्पनीले ऐतिहासिक रुपमा आफ्नो साधारणसभा सम्पन्न गरेर नयाँ नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

कम्पनीले सेयरधनीलाई १० प्रतिशतका दरले लाभांश उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ । कम्पनीको पूँजी रु. ८४ करोड ८२ लाख  रहेको छ ।

नेपालका सुुचिकृत जलविद्युत कम्पनीहरु मध्ये सबैभन्दा धेरै शेयर सुुचिकृत यस कम्पनीको ८४,८१,९३० कित्ता शेयर धितोपत्र बजारमा कारोवार भैरहेको छ ।३२ साउन २०७४ को कारोबार पश्चात् कम्पनीको शेयरको अन्तिम मुुल्य रु.२६५ कायम भएको छ ।

कम्पनीले आ व २०७३/७४ माआर्जन गरेको मुुनाफाबाटआफ्ना शेयरधनीहरुलाई १०.५२६ प्रतिशतका दरले लाभांश उपलब्ध गराउने भएको छ ।

साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको अध्यक्ष गुरुप्रसाद न्यौपानेले नेपालको जलविद्युत् क्षेत्रलाई अगाडि बढाउने एउटा महत्वपूर्ण आयोजनाको रुपमा अरुण भ्याली हाइड्रो पावर लिमिटड रहेको छ भन्दा आफूलाई गौरवको अनुभूति भएको बताउनुभयो ।

आफूले असाध्यै दुखका साथ सुरु गरेको आयोजना अजा सफलताको शिखरमा पुगेको र अरु धेरै नयाँ नयाँ कम्पनी स्थापना गरी सेयरधनीलाई बढी भन्दा बढी मुनाफा दिन समेत सफल भएकोमा आफूलाई त्यही नै बढी हर्षको विषय भएको उहाँको भनाइ छ ।

धितोपत्र बजारमा सूचीकृत भएका १४ जलविद्युत् आयोजना मध्ये ६ वटा त आफुहरुकै मातहत रहेको भन्दै अध्यक्ष न्यौपानेले बजारमा आउने अनेकन हल्ला , चर्चा, परिचर्चाले आफूलाई बिचलित नबनाउने र इमान्दार भएर काम गरिरहने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ राम्रो तवरले सकारात्मक सोचका साथ काम गर्ने हो, बजारमा अनेकन हल्ला आइरहेका छन् । त्यसले केही फरक पार्दैन, गलत हल्ला गर्नेहरु गरिरहन्छन् । इमान्दारीपूर्ण तवरले काम गर्नुपर्छ त्यसैले सफल बनाउँछ ।’

उहाँले नयाँ नयाँ आयोजना अगाडि बढाएर कम्पनीलाई सबल, सक्षम एवम् समृद्ध बनाउन आफूले अझै पनि प्रयास गर्ने उल्लेख गर्नुभयो । ३० वर्ष नेपाल राष्ट्र बैंकमा सेवा गरे, विगत २० वर्ष देखि जलविद्युत् आयोजना निर्माणमा सक्रिय छु ।

यसले मलाई सबैसँग मिलेर काम गर्नुपर्छ, सबैलाई विश्वासमा लिएर जानुपर्छ भन्ने पनि सिकाएको छ, अध्यक्ष न्यौपानेले भन्नुभयो ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा रु १३ करोड २ लाख आय आर्जन गरेको छ । यस्तै साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्देहक रमेशप्रसाद न्यौपानेले नेपालको पहिलो निजी क्षेत्रको जलविद्युत् आयोजनाको रुपमा २० वर्ष सेवा गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।

उहाँले प्रबन्धपत्र तयार पार्ने देखि,आयोजनाको निर्माण हुँदै आजसम्म आइपुग्दा कम्पनीले सबैलाई खुसी राख्न सकेको र लाभांश पनि हरेक वर्ष राम्रैसँग दिन सकेकोमा खुसी व्यक्त गर्नुभयो ।

साधारणसभामा सेयरधनीहरु चन्द्रनारायाण श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, शिवकुमार श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, कुवेरमणि नेपाल, इन्दिरा पराजुली, हरिप्रसाद पुडासैनीलगायतले कम्पनीको विविध आयामहरुले चर्चा गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

59bba359dcd7a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको