Like us!
Follow us!
Connect us!
Watch us!

४५० भन्दा बढीलाई रोजगारी दिएका ओली भन्छन्ः मेरो उम्मेदवारी बाँसगढीको आवश्यकता हो

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १९ : ३५ मा प्रकाशित

४५० भन्दा बढीलाई रोजगारी दिएका ओली भन्छन्ः मेरो उम्मेदवारी बाँसगढीको आवश्यकता हो

नरबहादुर ओली बाँसगढी क्षेत्रको उद्योगी ब्यवसायीबीच परिचित नाम हो । उनले ओम वैभव लक्ष्मी प्रा. लि. मार्फत ले कोहलपुर र वासगढीमा होटल संचालन गरिहरेका छन् । त्यस्तै ओम शिवशंकर स्टोर्समार्फत ट्रेडिङ्ग व्यापार गरेका उनले वर्दिया डिस्टिलरी प्रा. लि. नामक उद्योग समेत संचालन गरेका छन् । तीन वटा व्यवसायिक प्रतिस्ठानबाट ४ सय ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका उनले ती फर्महरुबाट तिन पटक बढी कर बुझाएकोमा सम्मान प्राप्त गरेका छन् । उनले वाँसगढी उद्योग व्यापार संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । ओलीसँग गरिएको कुराकानीः

 तपाईँको उम्मेदवारी किन ?

म विगत २४ वर्षदेखि यस वाँसगढी बजारलाई केन्द्र मानेर व्यापार गर्दै आइरहेको छु । यहाँका किसान, साना व्यवसायी, थोक व्यवसायहरुका समस्याहरु राम्रोसँग बुझेको छु । व्यवसायी तथा किसानहरुका समस्याहरुलाई प्राथमिकतामा राखी सम्बन्धित निकायमा पुर्याउन मैले उम्मेदवारी दिएको हँु । वाँसगढी उद्योग व्यापार संघ आजसम्म महासंघको सदस्य बन्न सकेको छैन, महासंघमा प्रवेस गराई वासगढीलाई राष्ट्रिय स्तरमा पहिचान गराउन मेरो उम्मेदवारी दिएको छु ।

निर्वाचनमा होमिदै गर्दा कत्तिको व्यस्त हुनुहुन्छ ?

निर्वाचनमा व्यस्तता स्वभाविकै हो । मतदातासँग भेटघाटमा व्यस्त छु । मतदाताबाट हौसला पाईरहेको छु । वासगढीमा तपाईंको आवश्यकता अपरिहार्य छ, तपाइँ जस्तो योजना, भिजन भएको मान्छे जसरी पनि नेतृत्वमा आउनु पर्दछ भन्नु भएको छ । भेटघाटलाई तिव्रता दिएको छु । व्यस्त नै छु ।

उद्योग व्यवसायीका प्रमुख समस्याहरु केके छन् ?

आज नीजि क्षेत्र ध्वस्त अवस्थामा पुगेको छ । राज्यको नीतिको कारण यो अवस्था आएको मेरो ठहर छ । बैंकको व्याज, खुल्ला सिमाना, दोहोरो कर प्रणाली, कम्प्युटराईज बिल, अनावश्यक लेखापरिक्षण, राजनैतिक उचारचढाबले नीजि क्षेत्र आव्रmान्त छ । यी समस्यहरुको कसरी हल गर्ने ? राज्यको नीति निर्माणमा पहँुच पुर्याई सुधार गर्ने विषयमा लागि पर्नेछु ।

तपाई निर्वाचित हुनु भयो भने उद्योगी व्यवसायीका केके माग पूरा गर्नुहुन्छ ?

व्यसायीहरुको वर्गिकरण गर्ने, व्यवसायीहरुको भेला गराई समस्याहरुको पहिचान गर्ने र ती समस्याहरु समधानका लागि सम्बन्धित निकायमा प्रभावकारी भूमिका निर्वाह गर्ने, किसानहरुको उत्पादनको उचित मूल्याङ्कन, बजारीकरण र व्यवसायीक किसान बृद्धि गर्न स्थानीय सरकारसँग सवन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्न, खुल्ला सिमानका कारण हुने अवैध व्यापारलाई निस्तेज गर्न मेरो पहिलो कार्य रहने छ ।

 अन्त्यमा आम उद्योगी व्यवसायीलाई के भन्न चाहानुहुन्छ ?

मेरो उम्मेदवारी वासगढीको आवश्यकता हो भन्ने व्यवसायी साथिहरु कै आवाज हो । म २४ वर्षदेखि व्यवसाय गर्दै आएको छु, सानो व्यवसायबाट माथि उठेर आज उद्योग संचालकको तहसम्म पुगेको छु, योजना बनाई अगाडि बढ्ने र योजना कार्यान्वयनमा कुनै कसर बाँकी नराक्ने भएकाले म सफल भएको हुँ । वासगढी उद्योग वाणिज्य संघमा सवै व्यवसायीहरुका अपनत्व हुने गरी कार्य गर्ने छु । मतदाताहरुले दिएको मतको उच्च मूल्याङ्कन गर्दै उहाँहरुको भावनाको पूर्ण कदर गर्नेछु । घोषणपत्रमा उल्लेख भएका प्रतिवद्धता कार्यान्वयन गराएरै छाड्ने छु । यी मेरा चुनावी नारा नभई मैले गर्न सक्ने कार्य हुन् । मतदाताहरुलाई पूर्ण रुपमा विवेक प्रयोग गरी मतदात गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।

64127599552f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको