Like us!
Follow us!
Connect us!
Watch us!

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनका शीर्ष नेताको बैठक जारी, प्रभु शाह पनि मिसिए

अर्थ संसार

शनिबार, २७ फागुन २०७९, १० : ४३ मा प्रकाशित

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनका शीर्ष नेताको बैठक जारी, प्रभु शाह पनि मिसिए

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाईएको आजको बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि मिसिएका छन् ।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि दलहरू अलमलमा परेका छन् ।

पछिल्लो दिनमा विकास भएको राजनीतिक घटनाक्रमलाई समेत प्रभावित गर्ने गरी आयोगको पदाधिकारी बैठकले शुक्रबार उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेपछि सोहि विषयमा आजको बैठक केन्द्रित रहने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको