Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १८ : ०८ मा प्रकाशित

नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा

नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको छ। डकवर्थ लुइस मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल ग्लोबल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो।

अध्यारो भएका कारण खेल रोकिएपछि डकवर्थ लुइस मेथोडमा अनुसार नेपाल ९ रनले जितेको हो। टस जितेर पहिला ब्याटिङ् गर्दै युएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङ गरिरहँदा अध्यारो भएको कारण डकवर्थ लुइस मेथोडअनुसार नेपाल ९ रनले विजयी भएको हो। खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो। नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भिम सार्की र गुलशन झाले अर्धशतकीय  इनिङ खेले ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको