Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा गरेको लगानी घट्दा स्विस बैंक संकटमा, एक सातामै युरोपका ३ बैंकमा संकट

पत्रपत्रिका

शुक्रबार, ०३ चैत्र २०७९, ०८ : १३ मा प्रकाशित

सेयरमा गरेको लगानी घट्दा स्विस बैंक संकटमा, एक सातामै युरोपका ३ बैंकमा संकट

युरोपेली मुलुकमा सातामै तीन बैंकको स्थिति नाजुक बनेको छ। अमेरिकाको सिलिकन भ्याली र सिग्नेचर बन्द भएसँगै स्विट्जरल्यान्डको क्रेडिट स्विस बैंक पनि समस्याग्रस्त बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। दि गार्डियनका अनुसार ‘धेरै बलियो बैंक’ को रूपमा परिचित क्रेडिट स्विस बैंकले सेयरमा गरेको लगानी ह्वात्तै घटेर संकटको स्थितिमा पुगेको हो। बैंकको सेयर एकै दिन ३० प्रतिशतले घटेर नाजुक स्थितिमा आएको देखिन्छ।

दि गार्डियनमा भनिएको छ, ‘स्विस ऋणदाताको सेयर बुधबार एक बिन्दुमा ३० प्रतिशतभन्दा बढी झरेर १.५६ स्विस फ्रान्क प्रतिसेयरको रेकर्ड न्यून बिन्दुमा पुगेको छ। यसको शीर्ष सेयरधारक, साउदी नेसनल बैंकले यसलाई नयाँ ऋण उपलब्ध गराउन अस्वीकार गरेपछि समस्या देखिएको हो।,’ यससँगै उक्त बैंक आन्तरिक व्यवस्थापन कमजोर भएकाले पनि यस्तो स्थिति आएको बताइएको छ। यसर्थ, अधिक रूपमा सेयर मूल्य घटेका कारण पनि अब उक्त बैंकमा तरलता समस्या आउन सक्ने औंल्याइएको छ। 

यसरी विकसित युरोपियन मुलुकमा पछिल्लो समय बैंकहरू धरापमा पर्न थालेपछि नेपालमा आम सर्वसाधारणमा पनि मनोवैज्ञानिक प्रभाव पर्ने डर देखिन्छ। तर नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट ती मुलुकको बैंकमा भएको समस्या नेपालमा केही नपर्ने बताउँछन्। नेपालका बैंकको जोखिम व्यवस्थापनका लागि केन्द्रीय बैंकले विभिन्न निर्देशन, गाइडलाइन जारी गरी कडाइ गरेको छ तर विदेशका बैंकमा आन्तरिक व्यवस्थापनमा चुकेकाले जोखिम व्यहोर्नु परेको उनले बताए। अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको