Like us!
Follow us!
Connect us!
Watch us!

अराजक घटना समयमै नियन्त्रणमा लिन ४ संघको अपिल, बैंकिङ्ग सेवा नै रोकिने चेतावनी

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १७ : २५ मा प्रकाशित

अराजक घटना समयमै नियन्त्रणमा लिन ४ संघको अपिल, बैंकिङ्ग सेवा नै रोकिने चेतावनी

नेपालमा बैंक तथा वित्तीय संस्थाविरूद्ध अनेकौँ अराजक गतिविधि दैनिक बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दैनानुदिन बढिरहेकोप्रति वित्तीय क्षेत्रका ४ संघले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

अराजक घटना समयमै नियन्त्रणमा लिन उनीहरूको अपिल छ । यस्ता घटना समयमै नरोकिए बैंकिङ्ग सेवा नै रोकिने चेतावनी समेत उनीहरूले दिएका छन् ।  

प्रेस विज्ञप्तीकाे पूर्णपाठ :

पछिल्लो समय केही व्यक्ति / समूहहरुले बैंक / वित्तीय तथा लघुवित्त संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र सांघातिक आक्रमणको घोर निन्दा गर्दछौं ।

बैंक / वित्तीय तथा लघुवित्त संस्थाहरुले ग्राहकको सेवालाई प्राथमिकतामा राखेर निरन्तर रुपमा देशभरी सेवा प्रदान गर्दै आएको कुरा सर्वविदितै छ । विभिन्न समयमा मुलुकमा आईपरेको महा भूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितीमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका हाम्रा कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई यथाशिघ्र हदैसम्मको कारवाहीको माग गर्दछौं । साथै, अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गर्दछौं । यस प्रकारका अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षा निमित्त बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहन्छ ।

बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार कियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसंग अनुरोध गर्दछौं । यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुता खलल पुऱ्याउने, आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने हुनाले यस प्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौं ।

समस्त ग्राहकहरुको हक हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताको बचतलाई सुरक्षण दिँदै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै पारदर्शी रुपमा नियामक निकायवाट निर्देशित सिद्धान्तलाई अक्षरस पालना गर्दै अगाडी बढीरहेको यस संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछौं ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको