Like us!
Follow us!
Connect us!
Watch us!

एक कम्पनीको संस्थापक सेयर खरिदमा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १३ : १७ मा प्रकाशित

एक कम्पनीको संस्थापक सेयर खरिदमा आवेदन दिने आज अन्तिम मौका

प्रभु बैंक लिमिटेडको बिक्रीमा राखेको पौने ४७ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ। बैंकले गत फागुन १२ गतेदेखि ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलकाअनुसार उक्त सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ। 

उक्त सेयरमा विद्यमान संस्थापक सेयरका साथै अन्य इच्छुक सर्वसाधारण लगानीकर्ता र संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ता न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकिएको छ। तसर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। सेयर खरिदका लागि प्रभु क्यापिटलको काठमाडौँको कमलादीस्थित कार्यालयमा पेस गर्नुपर्ने हुन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको