Like us!
Follow us!
Connect us!
Watch us!

६.९० अंकले घट्यो नेप्से

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १५ : १२ मा प्रकाशित

६.९० अंकले घट्यो नेप्से

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गिरावट आएको छ । आज नेप्से ६.९० अंकले घटेर १ हजार ९ सय २६ दशमलव ४० विन्दु कायम भएको हो । 

गत साता को अन्तिम दिन बिहिबार पनि नेप्सेमा गिरावट आएको थियो । बिहिबार नेप्से ५.३२ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव ३१ विन्दु कायम भएको हो । 

आज नेप्सेमा १ अर्ब ०६ कारेड ९८ लाख बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ७४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १२७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज नेप्से घटेपनि हिमालयन डिस्टीलेरी लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको