नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । आज सुपरमाई हाइड्रोपावर लिमिटेड र माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड धारण सेयर (आईपीओ) सूचिकृत भएको हो ।
स्टकका अनुसार कम्पनीकाे ५० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले सुपरमाई हाइड्रोपावर लिमिटेडको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३० रूपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ९२ रूपैयाँ २८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।
त्यस्तै स्टकका अनुसार कम्पनीकाे १ करोड कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८८ रूपैयाँ ५३ पैसा देखि अधिकतम २ सय ६५ रूपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस