Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोशीमा हालसम्मै ठूलो उपलब्धी

आइतबार, ०१ असोज २०७४, १५ : २७ मा प्रकाशित

माथिल्लो तामाकोशीमा हालसम्मै ठूलो उपलब्धी

अर्थ संसार, काठमाडौँ– माथिल्लो तामोकोशी जलविद्युत् आयोजनाको सबैभन्दा ग्राहो मानिएको भर्टिकल साफ्ट् टनेल ब्रेक थ्रु भएको छ ।
 
विद्युत् गृहमा पानी ल्याउने टनले मध्येको सबैभन्दा अप्ठ्यारो मानिएको सो टनेल ३२२ मिटर लामो रहेको थियो ।
 
आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले ‘विश्वकर्मा पूजाको दिन यो खुसीको खबर साटन पाउँदा मलाई खुसी लागेको छ । ३१ भदौको दिन असाध्यै महत्वपूर्ण मानिएको भर्टिकल साफ्ट टनेल ब्रेक थ्रु भएको छ । यो कार्य सम्पन्न भएपछि भर्टिकल स्टिल लाइनिङ जडानका लागि समेत मार्ग प्रशस्त भएको छ ।’
 
भूकम्पको चपेटामा परेको आयोजना पछिल्लो समयमा युद्धस्तरमा अगाडि बढेको छ । आयोजनाको कार्यप्रगति ९० प्रतिशत भन्दा माथि पुगेको छ ।
आगामी असार अन्त्यमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।
 
प्रवक्ता न्यौपानेले आयोजनाको कार्यप्रगति दैनिक जसो नै राम्रो अवस्थामा रहेको र तोकिएको समयमा पूरा गराउन समेत आफूहरु प्रतिवद्ध रहेको बताए ।

हिजो एउटा महत्वपूर्ण उपलब्धी हासिल भयो, आयोजनाको अप्ठ्यारो काम मध्येको एउटा काम सम्पन्न भएको छ । उक्त सुरुङमा अब स्टिलको लाइनिङ जडान गरिने उनले बताए ।
 
आयोजनाको काम तिव्र रुपमा अगाडि बढेपनि प्रसारण लाइन र सवस्टेशन निर्माण कार्यले गति लिन नसक्दा विद्युत् खेर जाने हो कि भन्ने आशंकाले भने आयोजना र नेपाल विद्युत् प्राधिकरणलाई भने नराम्ररी सताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको