Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सगरमाथा जलविद्युत

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १३ : ४६ मा प्रकाशित

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सगरमाथा जलविद्युत

सगरमाथा जलविद्युत कम्पनीले बुधबार चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आईपीइओ सर्वसाधारणका बिक्री गर्न लागेको हो । 

चार लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने २ लाख १८ हजार ४ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाअनुसार बाँकी ३५ लाख ८१ हजार ७ सय ६० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछ । सर्वसाधारणका लागि छुट्याइएको उक्त सेयर ३ लाख ५८ हजार १ सय ७६ जनाले १०/१० कित्ताका दरले पाउने कम्पनीले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको