Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो मण्डला चित्र अंकित क्यालेण्डर

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १४ : २० मा प्रकाशित

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो मण्डला चित्र अंकित क्यालेण्डर

ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको वि.सं. २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ । आज (शुक्रबार) आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा उक्त क्यालेण्डर सार्वजनिक गरेका हुन् ।   

बैंकले हरेक वर्ष आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको