Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, ०८ : ५६ मा प्रकाशित

ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ ।बैंकले २२ अर्ब १० करोड २५ लाख रुपियाँ बराबरको बिल जारी गर्ने भएको हो।  राष्ट्र बैङ्कले मङ्गलबार सो रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिका लागि पाँच अर्ब रुपियाँ, २१ दिन अवधिका लागि ११ अर्ब ५० करोड २५ लाख रुपियाँ, १८२ दिन अवधिका लागि ६० करोड रुपियाँ र ३६४ दिन अवधिका लागि पाँच अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

जस मध्ये ९१ दिन अवधिको पाँच अर्ब रुपियाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । नयाँ ट्रेजरी बिल २८ दिनको आगामी वैशाख १२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

९१ दिन अवधिको आगामी असार १२ गते तथा १८२ दिन अवधिको आगामी असोज ९ गते र ३६४ दिन अवधिको आगामी चैत १३ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

अनलाइन माध्यमबाट हुने बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था तथा सर्वसाधारण नागरिक सहभागी हुन सक्नेछन् ।मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

ट्रेजरी बिल भनेको के हो ? 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

64210aa7e2e6e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको