Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहालले फेसबुकमा ‘गलत पोष्ट’ गरेपछि मागिन माफी, भूलबस पोस्ट भएको जिकिर

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १२ : ०६ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहालले फेसबुकमा ‘गलत पोष्ट’ गरेपछि मागिन माफी, भूलबस पोस्ट भएको जिकिर

कीर्तिपुरस्थित् अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ‘फ्लड लाइट जडान भएको’ भन्दै फेसबुकमा गलत पोष्टसहितको फोटो अपलोड गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री गंगा दाहालको तिब्र आलोचना भयो । प्रधानमन्त्री दाहाल प्रचण्डको स्वकिय सचिव रहेकी गंगा दाहालले पोष्ट गरेको फोटो फ्लड लाइट जडान गरेको नभई इडिट गरिएको पाइएकाले उनले आइतबार साँझ अर्को पोष्ट गर्दै माफी मागेकी हुन् । 

उक्त विषयमा भूलबस पोस्ट भएको उनले जानकारी गराएकी छिन् । गलत सूचनाका कारण भूलवस निर्माण सम्पन्न भएको भन्ने स्टाटस पोस्ट हुन गएको बताउँदै शब्दलाई भन्दा पनि विषयको भावनालाई बुझिदिन अनुरोधसमेत गरिन्। प्रधानमन्त्रीले खेलकुद परिषद्लाई फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएकाले सोही अनुरुप काम पनि अघि बढिसकेको दाहालले बतायीन्न । 

‘कीर्तिपुरस्थित क्रिकेट रंगशालामा फ्लड लाइट र स्कोर बोर्ड राख्न यसअघि नै सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभएकोमा परिषद्ले सोहीअनुरूप काम अगाडि बढाएको छ’ उनले भनेकी छन्–‘सो रंगशालामा काम अगाडि बढेको हुनुपर्नेमा गलत सूचनाका कारण भूलवश निर्माण सम्पन्न भएको भन्ने स्टाटस पोष्ट हुन गएको छ। तसर्थ, शब्दलाई भन्दा विषयको भावलाई सोहीअनुरूप बुझिदिनुहुन सबैमा आग्रह गर्दछु धन्यवाद।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको