Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसबाट यी सम्भावित व्यक्तिहरु मन्त्री बन्दै, देउवाले गरे ‘नेमलिष्ट’ फाइनल

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १५ : ०२ मा प्रकाशित

कांग्रेसबाट यी सम्भावित व्यक्तिहरु मन्त्री बन्दै, देउवाले गरे ‘नेमलिष्ट’ फाइनल

नेपाली कांग्रेसले सकरारमा सहभागि हुन कस्को नेतृत्व र क–कसलाई मन्त्री बनाउन विषयमा अन्तिम लिष्ट फाइनल गरेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने तय भैसकेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा खड्काले पार्टीबाट उपप्रधान एवम् रक्षामन्त्रीसहित सरकारको नेतृत्व गर्ने भएका हुन् । त्यस्तै डा. महतले भने अर्थमन्त्रालयको नेतृत्व लिने भएका हुन् । 

यस्तै, कांग्रेसले तय गरेको मन्त्रीहरुमा डा. प्रकाशशरण महत, सिता गुरुङ, दीपक खड्का, किशोरसिंह राठोर, जीवन परियार, तेजुलाल चौधरी र शंकर भण्डारी रहेका छन् । 

आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गरेका थिए । सो छलफलमा देउवाले पार्टीबाट सरकारमा सहभागी हुनेहरुको नाम प्रस्ताव गरेका थिए । मन्त्रिपरिषद्लाई पूर्णता भोलि दिइने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको