Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको न्याभ घटयो, ५३ कम्पनीमा लगानी

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १६ : २६ मा प्रकाशित

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको न्याभ घटयो, ५३ कम्पनीमा  लगानी

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको २०७९ साल फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धि विवरण सार्वजनिक भएको छ । 

फाल्गुण मसान्तसम्म आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ५० पैसामा झरेको छ । उक्त मुल्य माघ मसान्तको तुलनामा २२ पैसाले घटेको छ । माघ ससान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ७२ पैसा रहेको थियो । त्यसैगरी मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा ११ करोड ५५ लाख १७ हजार ५८१ लगानी गरेको छ । फण्डको ५३ कम्पनिमा लगानी रहेको देखाएको छ । 

फण्डले वाणिज्य बैंक समूहका नेपाल बैंक लिमिटेडको ११ हजार कित्ता, सानिमा बैंक लिमिटेडको ५ हजार कित्ता, प्रभु बैंक लिमिटेडको ८ हजार कित्ता र प्राइम कमर्सियल बैंक लिमिटेडको ६ हजार कित्ता लगानी रहेको छ भने विकास बैंक अन्र्तगत कामना सेवा विकास बैंक लिमिटेडको १ हजार कित्ता लगानी रहेको छ । 

त्यस्तै, फण्डमा लघुवित्त वित्तीय संस्था अन्तर्गत छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि लगानी रहेको छ । 

त्यस्तै, जीवन विमा कम्पनी अन्तर्गत नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि फण्डमा लागानी रहेको छ । 

त्यस्तै, निर्जीवन विमा अन्तर्गत सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको पनि लगानी रहेको देखिन्छ । 

त्यस्तै, यस फण्डमा म्युचुअल फण्ड अन्तर्गतको प्रभु सेलेक्ट फण्डको ५ लाख कित्ता, कुमारी इक्वीटी फण्डको ३ लाख कित्ता, आरबिबि म्युचुअल फण्डको २ लाख ५० हजार कित्ता, नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेड ग्रोथ फण्डको २० लाख कित्ता र नबिल फ्लेक्सी क्याप फण्डको पनि लगानी रहेको छ । 

त्यस्तै, फण्डमा जलविद्युत अन्तर्गतको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, शुभम् पावर लिमिटेड र सुपरमादी हाइड्रोपावर लिमिटेडको पलि लगानी रहेको छ । 

फण्डले सार्वजनिक गरेको फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छः


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको