Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनले दियो अनुमति

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, ११ : ५१ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनले दियो अनुमति

महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

बैंकले प्रति इकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ११५ ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘महालक्ष्मी डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको