Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ निष्कासन प्रस्तावसहित डिस मिडिया नेटवर्कले डाक्यो साधारण सभा

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १२ : ५० मा प्रकाशित

आइपीओ निष्कासन प्रस्तावसहित डिस मिडिया नेटवर्कले डाक्यो साधारण सभा

डिस मिडिया नेटवर्कले साधारण सेयर (आइपीओ) निष्कासन प्रस्तावसहित यहि चैत २० गतेका लागि वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले जारी पूँजी वृद्धि र आईपीओ निष्कासन सम्बन्धि योजनामा छलफल गर्न केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ः३० बजे सभा बोलाएको हो ।

सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराइसकेको छ । 

कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ विक्रीको अनुमति माग्दै असार २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँकै दरमा आईपीओ विक्री गर्न निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको