Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ निष्कासनको अनुमति पर्खिरहेको डिस मिडिया नेटवर्कको एक वर्षको आम्दानी ५ अर्ब बढी

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, १३ : ५४ मा प्रकाशित

आइपीओ निष्कासनको अनुमति पर्खिरहेको डिस मिडिया नेटवर्कको एक वर्षको आम्दानी ५ अर्ब बढी

आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पर्खिरहेको डिस मिडिया नेटवर्क (डिसहोम) को वार्षिक आम्दानी बढ्दो छ । कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार डिसहोमले आर्थिक वर्ष २०२४ मा५ अर्ब १७ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

यो सन् २०२३ को भन्दा १.१३ प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले ५ अर्ब ११ करोड ६० लाख र सन् २०२२ मा ४ अर्ब ८३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१०मा डाइरेक्ट टू होम (डीटीएच) सेवा प्रदायक स्याट्यालाइट च्यानल र डिस मिडिया नेटवर्क मर्ज भई डिस मिडिया नेटवर्क बनेको हो । र, सन् २०१७ जुलाई २ मा पब्लिक कम्पनीमा परिणत भएको हो ।

डिसहोमले १० अर्ब रुपैयाँ बराबरको कर्जाको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । कर्जाको लागि केयर रेटिङले क्रमशः 'केयर एनपी डबल बी प्लस' र 'केयर एनपी एफोर प्लस' रेटिङ दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर आइपीओ निष्काशन गर्दै छ । जसको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको