Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा जेल परेका ३ जना रिहा

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १७ : ०७ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा जेल परेका ३ जना रिहा

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना रिहा भएका छन् । डिल्ली बजार कारागारमा जेल चलान भएका उनीहरु आज मंगलबार ५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो ।

सोमबार बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । ७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुलाई पक्राउ गरीएको बिषयमा सडकदेखि संसदसम्म सरकारको चर्को आलोचना हुँदै आएको छ ।-फाइल तस्बिर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको