Like us!
Follow us!
Connect us!
Watch us!

‘एनआइबीएल एस क्यापिटल’को ३ वटै म्युचुअल फन्डको न्याभ घट्यो

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १६ : १९ मा प्रकाशित

‘एनआइबीएल एस क्यापिटल’को ३ वटै म्युचुअल फन्डको न्याभ घट्यो

एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको २०७९ साल फाल्गुण मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धि विवरण सार्वजनिक भएको छ । एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । 

एनआइबीएल एस क्यपिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्डको न्याभ ९ रुपैयाँ ८७ पैसामा झरेको छ । माघमा यस फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ५३ पैसा रहेको थियो । उक्त मुल्य माघ मसान्तको तुलनामा ६६ पैसाले घटेको हो । फाल्गुणमा यस फन्डको सूचीकृत सेयरमा लगानी पनि घटेको छ । 

फाल्गुण मसान्तसम्म उक्त फण्डले ४४ करोड ६३ लाख रुपैयाँको सेयर होल्ड गरेको छ । माघमा भने ५१ करोड १४ लाख रुपैयाँको सेयर लगानी रहेको थियो । प्रगति फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल ६१ वटा कम्पनीको सेयर होल्ड गरेको छ । फाल्गुणमा यसको बैंक मौज्दात भने बढेर १३ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । 

त्यस्तै, एनआइबीएल एस क्यपिटल अन्तर्गत सञ्चालित एनआइबीएल समृद्धि फण्ड–२ फाल्गुण मसान्तसम्म आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ८ रुपैयाँ ६१ पैसामा कायम भएको छ । माघ मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य ८ रुपैयाँ ९६ पैसा रहेको थियो भने उक्त मूल्य माघ मसान्तको तुलनामा ३५ पैसाले घटेको हो । 

त्यस्तै, फाल्गुण मसान्तसम्ममा उक्त फण्डले ६८ वटा सूचीकृत कम्पनीको ७१ करोड २२ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । हाल यस फन्डको मुद्दति निक्षेपमा २२ करोड ५० लाख रुपैयाँ रहेको छ । बैंक मौज्दातमा भने १० करोड २५ लाख रुपैयाँ रहेको छ । 

यस्तै, एनआइबीएल सहभागिता फन्डको प्रतिइकाई खुद सम्पति मूल्य पनि फागुन मसान्तसम्म आइपुग्दा १० रुपैयाँ २४ पैसामा कायम भएको छ । माघमा उक्त फण्डको न्याभ १० रुपैयाँ ४६ पैसा थियो । २२ पैसाले मात्र घटेर सहभागिता फन्डले फागुनमा ५४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको छ ।

उक्त फण्डले अघिल्लो महिना भने ४८ करोड ८६ लाख रुपैयाँको सेयर होल्ड गरेको थियो । यसको बैंक मौज्दातमा ४२ करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिना यसको बैंक मौज्दातमा ४३ करोड ४१ लाख रुपैयाँ रहेको थियो । यसले मुद्दति निक्षेपमा २० करोड ८० लाख रुपैयाँ राखेको छ । फागुन मसान्तसम्म यो फन्डले ५० वटा कम्पनीमा लगानी गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको