Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ मोडल कलेज विश्वविद्यालय अनुदान आयोगद्वारा क्यूएए प्रमाणित कलेज घोषित

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १६ : ५८ मा प्रकाशित

काठमाडौँ मोडल कलेज विश्वविद्यालय अनुदान आयोगद्वारा क्यूएए प्रमाणित कलेज घोषित

नेपालको शैक्षिक क्षेत्रमा निरन्तर अब्बल शैक्षिक संस्थाको रुपमा परिचित बागबजारमा अवस्थित काठमाडौँ मोडल कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) बाट प्रमाणित भएको छ । देशभरका क्याम्पसहरुको गुणात्मक परिवर्तन र विश्वसनियता वृद्धि तथा समस्या समाधान लगायतका उद्धेश्य सहित स्थापित विश्वविद्यालय अनुदान आयोगद्धारा गरिएको मुल्यांकनमा केएमसी क्यूएएबाट प्रमाणित भएको हो । 

मंगलबार आयोगले यस कलेजलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्यूएए प्रमाणित गरेको हो । स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षण सिकाइको प्रवद्र्धन र वकालत गर्दै र त्यस अनुरुप आफ्ना शैक्षिक क्रियाकलाप संचालन गर्दै आएको केएमसी क्यूएएबाट प्रमाणित हुने एक प्रतिशत भन्दा पनि कम कलेजहरु मध्ये एक हो । 

क्यूएएले नीति तथा योजनाको प्रावधान तथा कार्यान्वयन, पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापको प्रभावकारिता, गुणस्तरीय शिक्षण सिकाई, उचित मुल्यांकन तथा कर्मचारीको क्षमता विकास, अनुसन्धान प्रवद्र्धन तथा सामुदायिक रुपमान्तरणका गतिविधिहरु संचालन, पर्याप्त पूर्वाधार र सिकाइ श्रोतहरुको उपलब्धता, विद्यार्थीको क्षमता अभिवृद्धि तथा रोजगारीको प्रवद्र्धन, संचार तथा प्रविधिको विकास, सुचना प्रवाह मार्फत सरोकारवालाप्रति जवाफदेहिता जस्ता महत्वपुर्ण पाटोहरुमा शैक्षिक संस्थाको खास अवस्था मुल्यांकन गरि प्रमाणित गर्ने गर्दछ । 

यि सबै मापदण्डहरुमा केएमसी सर्वोत्कृष्ट ठहरिए संगै विश्वविद्यालय अनुदान आयोगद्धारा क्यूएए प्रमाणित भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको टोलीले विस्तृत तथा श्रृंखलाबद्ध अनुगमन र मुल्यांकनपछि  सरकारको आधिकारिक निकाय विश्वविद्यालय अनुदान आयोगले केएमसी लाई त्तब्ब् प्रमाणित भएको घोषणा गरेको हो । 

क्यूएए प्रमाणित भएसंगै केएमसी कलेजका प्रमुख सुरेन्द्र सुवेदीले ‘कलेजले पाएको उपाधिले थप उत्साहित र जिम्मेवार बनाएको बताए ।’ अब केएमसीले गुणस्तरिय शिक्षाका लागि देश बाहिर गइरहेका विद्यार्थीलाई विश्वस्तरिय व्यवहारिक शिक्षा प्रदान गरि विद्यार्थी बाहिरिने क्रम कम गर्नेगरि शैक्षिक कार्यक्रम अघि बढाउने साथै दक्षिण एसिया लगायत अन्य मुलुकका विद्यार्थीलाई समेत आकर्षित गरि नेपाललाई शैक्षिक हब बनाउन केएमसीले भुमिका खेल्ने सुवेदीको भनाई छ । यस्तै उनले ‘वर्तमान आवश्यकता, व्यवहाकिता र उपयोगी किसिमको नयाँ कोर्ष सहितको स्वायत्त शैक्षिक कार्यक्रमहरु समेत शुरु गर्ने केएमसीको योजना रहेको बताए ।’ 

भारत लगायत विश्वका थुप्रै विकसित मुलुकमा अभ्यास र सार्थकसिद्ध भएको मानित विश्वविद्यालयको रुपमा अघि बढाउन प्रयास गर्ने समेत केएमसीको योजना छ । मानित विश्वविद्यालयले आफैँ पाठ्यक्रम निर्माण गर्न, लागु गर्न, परिक्षा संचालन गर्न सक्नेछ । तर अरु विश्वविद्यालय सरह सम्बन्धन दिन भने सक्नेछैन । नेपाल सरकारको शिक्षा नीतिमा समेत नेपालमा मानित विश्वविद्यालय संचालन गर्न सकिने प्रावधान छ । 

विकसित देशहरुमा उच्च शिक्षा कार्यक्रम संचालन गर्न गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्ती अनिवार्य हुन्छ । सोही अनुरुप नेपाल सरकारले राष्ट्रिय शिक्षा नीति २०७६ मा गुणस्तर सुनिश्चित गर्न असफल हुने शैक्षिक संस्थाहरुलाई बन्द गर्ने प्रावधान उल्लेख गरेको छ । नेपालले वि.सं २०६४ सालबाट विश्वविद्यालय अनुदान आयोग मार्फत औपचारिक रुपमा विश्वविद्यालय तथा कलेजहरुलाई क्यूएए प्रमाणित गर्न शुरु गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको