Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक स्थिरता नभएसम्म शेयर बजार रोक्नुपर्छ : लगानीकर्ता संघहरू

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १६ : ५४ मा प्रकाशित

राजनीतिक स्थिरता नभएसम्म शेयर बजार रोक्नुपर्छ : लगानीकर्ता संघहरू

देशको अस्थिर राजनीतिक परिस्थिति र पछिल्ला दिनमा देखिएका दुःखद घटनाक्रमले लगानीकर्ताको मनोबल कमजोर भएको भन्दै विभिन्न लगानीकर्ता संघ–संस्थाले अस्थायी रूपमा शेयर कारोबार रोक्न माग गरेका छन्।

शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले शुक्रबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ज्ञापनपत्र बुझाउँदै राजनीतिक स्थिरता कायम नभएसम्म बजार सञ्चालन स्थगन गर्नुपर्ने धारणा प्रस्तुत गरेका हुन्।

ज्ञापनपत्रमा भनिएको छ– “देशमा शान्ति–सुरक्षाको चुनौती बढ्दै गएको र आम नागरिकसँगै लगानीकर्तामा पनि त्रास सिर्जना भएको अवस्थामा बजारलाई खुला राख्नु थप संकट निम्त्याउने खतरा छ। धितोपत्र बजारको प्रकृति संवेदनशील हुने भएकाले सानो समाचार वा संकेतले समेत ठूलो उतार–चढाव ल्याउँछ। अहिलेको परिस्थितिमा विवेकपूर्ण निर्णय लिन लगानीकर्तासमक्ष गाह्रो बन्दै गएको छ।”

तीनै संगठनले हालको अनिश्चितताले विशेषगरी साना तथा नयाँ लगानीकर्तालाई अपूरणीय क्षति पुर्याउन सक्ने भन्दै तत्कालका लागि बजार स्थगन नै सबैभन्दा व्यावहारिक विकल्प हुने तर्क गरेका छन्। उनीहरूले राजनीतिक स्थिरता पुनःस्थापित भएसँगै मात्र कारोबार फेरि सुरु गर्नुपर्ने माग पनि राखेका छन्।

यस्तै, ज्ञापनपत्रमार्फत विगतमा लगानीकर्ताले निरन्तर उठाइरहेका सुधारका मागहरूलाई यस अवधिमा द्रुतगतिमा कार्यान्वयन गर्न पनि बोर्डलाई आग्रह गरिएको छ।

68c3ff9a48725.jpg 68c3ff9c50dc9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको