Like us!
Follow us!
Connect us!
Watch us!

समय लम्ब्याएर आन्दोलन कमजोर पार्ने काम हुँदैछ – सागर ढकाल

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १७ : ३९ मा प्रकाशित

समय लम्ब्याएर आन्दोलन कमजोर पार्ने काम हुँदैछ – सागर ढकाल

सागर ढकालले राष्ट्रपति पदको भूमिकामाथि प्रश्न उठाउँदै जेन-जी आन्दोलनलाई कमजोर बनाउन समय लम्ब्याउने प्रयास भइरहेको आरोप लगाएका छन्।

फेसबुकमार्फत सार्वजनिक स्टाटसमा उनले लेखेका छन्, “राष्ट्रपतिले हाम्रो मागलाई टेरेनन्, अब उहाँलाई टेर्ने बनाउनुपर्ने भएको छ। हाम्रो साथीहरुलाई छुट्टाछुट्टै राखिएको छ। राष्ट्रपतिको कार्यालयमा गएर सेरबहादुरलाई समाते जस्तै अब राष्ट्रपतिलाई पनि दबाबमा राख्नुपर्छ।”

ढकालले जेन-जी आन्दोलनको पहिलो माग संसद् विघटन र त्यसपछि अन्तरिम नागरिक सरकार गठन भएको स्पष्ट पारेका छन्। उनका अनुसार अन्य मागहरू पछि सार्वजनिक गरिनेछन्।

युवाहरुलाई तयारीका साथ आन्दोलनमा अघि बढ्न आग्रह गर्दै उनले सुरक्षा निकायप्रति पनि कटाक्ष गर्दै भनेका छन्, “नेपालको सुरक्षा निकाय अझै कति जनाको लास चाहिएको छ? हिसाब गर्दै गर्नु, हामी तयार छौँ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको